गाउँ छाडेर हिड्ने प्रबृति चुनौती : मुख्यमन्त्री पाण्डे
काठमाडाै, ३ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ छोडेर हिड्ने प्रबृत्ति चुनौतीका रुपमा देखा परेको बताउनुुभएको छ ।
१२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा संयुक्त रुपमा आयोजित विकास साझेदारहरुसँग गण्डकी प्रदेशको समुन्नति र लगानी सम्बन्धी अन्तरक्रियामा उहाँले गाउँमा अत्यावश्यकीय पूर्वाधार पुगे पनि पलायन नरोकिएको बताउनुभयो ।
करोडौं रुपैयाँ खर्चेर बाटोघाटो बने पनि त्यसलाई उत्पादनसँग जोड्न नसकिएको बताउँदै उहाँले उत्पादनलाई जोड्न सकिएमा मात्रै पूर्वाधार विकासको औचित्य पुष्टि हुने बताउनुुभयो ।
गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजनाको तयारीमा जुटेको बताउँदै आत्मनिर्भतामा जोड दिने विषयलाई प्राथमिकतामा राखिएको बताउउनुुभयो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनामा प्रदेशको प्राथमिकतामा क्षेत्र समेटेर अघि बढ्न लागिएको बताउनुुभयो ।
योजनाका सम्बन्धमा सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिएको बताउँदै उहाँले आगामी हप्ता योजनाको आधारपत्र आउने बताउनुुभयो । मानव बन्यजन्तु द्वन्द्व पनि चुनौतिका रुपमा देखा परेको बताउँदै उहाँले त्यसले निर्वाहमुखी कृषिलाई समस्या पारेको बताउनुुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिले बोल्नुभएको थियो ।
आजै पोखरालाई पर्यटकीय राजधानी घोषणाको पूर्वसन्ध्यामा आज साँझापोखरा महानगरपालिकाको आयोजनामा राष्ट्रियस्तरका सञ्चारमाध्यममा कार्यरत बरिष्ठ सञ्चारकर्मीहरुसँग विकास लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अन्तिम तयारीमा लागिएको बताउनुुभयो । महानगरको समृद्धि र विकासका लागि पूर्वाधार विकास लगायतका काम अघि बढेको उहाँले बताउनुुभयो ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटकीय राजधानी घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको बताउनुभयो । पोखरा पर्यटनको पर्यायवाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताउनुभयो ।
“पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायबाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दछौँ । यसबाट गण्डकी प्रदेश सहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ । ” महानगर प्रमुख आचार्यले भन्नुभयो ।
आचार्यले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता लगायतमा सुधार गर्दै लगिने बताउनुभयो ।
उक्त अवसरमा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पोखराको प्राकृतिक सुन्दरतालाई जोगाउदै पूर्वाधार विकासका काम गर्न सुझाउनुुभयो । कार्यकमा महानगरका विकास निर्माण लगायतका विषयमा सञ्चारकर्मीहरुले जिज्ञासा व्यक्त गर्नुुभएको पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिनाले जानकारी दिनुुभयो ।
–––
गण्डकी प्रदेशसभाको रोष्ट्रमबाटै सांसद रेशम बहादुर जुग्जालीले च्याते बजेट पुस्ति…
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित
गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक
पोखराको सम्पुर्ण जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै
गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज (मंगलबार)देखि सुरु हुँ…
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
प्रतिक्रिया