२० रुपैयाँमा नेपाल टेलिकमको सिमकार्ड उपलब्ध
काठमाडौँ, २१ चैतः नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि विशेष अफर घोषणा गरेको छ। कम्पनीले परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउनेछ, जसमा बोनस अन रिचार्जसमेत हुनेछ।
यस अफरको अवधि चैत १५ देखि असार ३०, २०८२ सम्म हुनेछ। नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट सिमकार्ड उपलब्ध गराइने छ। सिम सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न अफरहरू उपलब्ध हुने टेलिकमले जनाएको छ।
परीक्षार्थीहरूले नयाँ सिममा ९.८० रुपैयाँ मेन बैलन्स राखेर कुनै पनि नेटवर्कमा कल, एसएमएस, र डाटा प्रयोग गर्न सक्नेछन्। यसका अतिरिक्त, ३० दिनसम्म नेपाल टेलिकम नेटवर्कभित्र २० मिनेट अन-नेट भ्वाइस सेवा, १० अन-नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ।
नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीहरूले एसईई प्रवेश पत्र, कक्षा १० को मार्कसिट, फोटो र सरकारी परिचयपत्रको फोटोकपी सहित फाराम भर्नुपर्नेछ।
मारिएको ४ महिनापछि खामेनीको अन्त्येष्टि गरिँदै
पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नबुझाउने निष्कर्ष
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
प्रतिक्रिया