प्रमुख तीन दलका नेताहरु छलफलमा , दोस्रो तहका नेता र पूर्वमहान्यायाधिवक्ता पनि सहभागी
प्रमुख तीन दलका नेताहरु छलफलमा जुटेका छन् । टीआरसीलगायतका विषयमा सहमति जुटाउन तीन दलका नेताहरु छलफलमा जुटेको बताइएको छ ।
बैठकमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौलाका साथसाथै पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारसमेत सहभागी छन् । यस्तै बैठकमा तीन दलका दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु छन् । छलफलमा टीआरसी विधेयकबाहेक अन्य समसामयिक विषयमा पनि कुराकानी हुने बुझिएको छ ।
जनभावना समेटिने गरी विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
अमेरिका पुग्यो इरानी फुटबल टिम
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
इजरायली मन्त्री भन्छन्- ट्रम्पको सम्झौता मान्न बाध्य छैनौं
नेपाल डेभलपमेन्ट वाचले भन्यो : नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौती…
शिक्षकको अन्तर पालिका सरुवामा कडाइ, तीन बुँदे निर्देशन जारी
प्रतिक्रिया