विवाहको बाहनामा चीनमा मानव तस्करी गरेको आरोपमा एक महिला पक्राउ
विवाहको बाहनामा चीनमा मानव तस्करी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।
चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत प्रस्ताव गरेकी थिइन्। विश्वास दिलाउन आफू समेत चिनियाँ केटासँग विवाह गरेर चीन आएको बताएकी थिइन्।त्यसपछि पीडित महिलालाई सुन्दरीले ठमेलमा चिनियाँ केटासँग समेत भेट गराएको पाइएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।
महिलालाई झुक्याएर १० फागुन २०८० मा चीन पुर्याएको खुल्न उनले बताए।चीन पुगेपछि ती महिलाले आफू १ लाख ५० हजारमा बिक्री भएको थाहा पाएकी थिइन्।चिनियाँ नागरिकले उनलाई घरमै बन्धक बनाएर शारीरिक र मानसिक यातना दिँदै यौन शोषण समेत गरेको पीडितको भनाइ छ।त्यसपछि चीनस्थित नेपाली दूतावासको समन्वयमा उनी ९ असारमा नेपाल फर्केर ब्यूरोमा जाहेरी दिएकी थिइन्।
सुन्दरीमाथि अनुसन्धान गर्न ब्युरोले ७ दिनको म्याद काठमाडौँ जिल्ला अदालतबाट लिएको छ।
ईश्वरी हत्या प्रकरण: किटानी जाहेरीका आधारमा थप तीन जना पक्राउ
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
४५ वर्षीय बुवा सानु नेपाली र उनकी १८ वर्षीया छोरी विवादले निम्त्याएको दु:खद्…
धरानमा युवकको हत्या गरी फरार आरोपित मोरङमा समातिए
पाल्पामा २५ वर्षीया युवतीमाथि जबरजस्ती करणी
वनको दाउरा कसले लिने भन्ने विषयमा विवाद हुँदा एक जनाको ज्यान गयो
दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या
प्रतिक्रिया