सुदूरपश्चिमको मुख्यमन्त्री पदकाे लागि समय थप,लक्ष्मणकिशोर र कैलाश दुबैकाे दाबी अस्वीकृत
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदकाे लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले गरेको दाबी प्रदेश प्रमुख नजिर मियाँद्वारा अस्वीकृत गरिएकाे छ।प्रदेश प्रमुख मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै पुन: २ दिन समय दिएर दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन्।
आइतबार मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन नाउपा रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरी र सोही पार्टीको रञ्जिता चौधरी पक्षधर कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले बताउनु भएकाे छ।

न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
प्रतिक्रिया