कैँदी परेवा आठ महिनापछि रिहा
चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सफाइपछि रिहा गरिएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँ जस्तो लिपिमा लेखिएको सन्देश’ सहित उक्त चरा समातिएको थियो ।
“सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए,” रिपोर्टमा भनिएको छ ।
अज्ञात चरालाई शहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भारतीय कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको छ ।”
पेटा इन्डियाका अनुसार प्रहरीले बुधबार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त चरा स्वस्थ अवस्थामा रिहा भएको छ ।
जासूसीको आरोपमा भारतीय अधिकारीहरूले हिरासतमा लिएका कयौंमध्ये यो पछिल्लो परेवा हो ।
सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीपूर्ण सन्देश बोकेको अवस्थामा फेला परेको परेवालाई सीमा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए ।
सन् २०१० मा अर्को परेवाको खुट्टामा औंठी र पाकिस्तानी फोन नम्बर र ठेगाना रातो मसीले टाँसिएको अवस्थामा फेला परेपछि सशस्त्र पहरामा राखिएको थियो ।
---
इरानले अमेरिकासँगको प्रस्तावित १४ बुँदे सम्झौताको मस्यौदा पत्र सार्वजनिक
नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा
जनभावना समेटिने गरी विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
अमेरिका पुग्यो इरानी फुटबल टिम
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
इजरायली मन्त्री भन्छन्- ट्रम्पको सम्झौता मान्न बाध्य छैनौं
प्रतिक्रिया