पहिरोमा परी कोलम्बियामा १८ जनाको मृत्यु
उत्तरपश्चिमी कोलम्बियामा शुक्रबार गएको भीषण पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनाका साथै थुप्रै घाइते भएको चोको सरकारले शनिबार बिहान जनाएको छ ।
चोकोको राजधानी क्विब्डो र एन्टिओकियाको राजधानी मेडेलिन बीचको सडकमा पहिरो खस्दा थुप्रै मानिस र सवारीसाधन त्यस क्षेत्रमा फसेको कोलम्बियाका उपराष्ट्रपति फ्रान्सिया मार्क्वेजले ट्विटरमा उल्लेख गर्नु भएको छ।
कम्तीमा ३५ जना घाइतेलाई विभिन्न अस्पतालमा लगिएको पनि राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन एकाइले विज्ञप्तिमा जनाएको छ ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनालाई "भयानक त्रासदी" को रूपमा वर्णन गर्दै प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्न अधिकारीहरूलाई सक्दो प्रयास गर्न आग्रह गर्नु भएको छ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार दुर्घटना हुनुअघि अचानक पहिरोले पुरिएको घरमा करिब ५० जना मानिस भीषण वर्षाबाट जोगिन आश्रय लिएका थिए।
उद्धार कार्य जारी रहेकाले पीडितको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
कञ्चनपुरमा भ्यान दुर्घटना, १३ यात्रु घाइते
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
प्रतिक्रिया