सुदूरपश्चिममा विषयगत समितिका सभापति चयन
सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिमा सभापति चयन भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका चार विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) की माया पन्त, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का वीरबहादुर थापा तथा अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी निर्वाचित हुनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सभामुख भीमबहादुर भण्डारीले निर्वाचित विषयगत समितिका सभापतिलाई आजै पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । विषेशाधिकार समितिको सभापति नेकपा (माओवादी केन्द्र)लाई दिने दलहरुबीच समझदारी भएको छ ।
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
प्रतिक्रिया