एनआरएनए फुटाउने कुल आचार्यको सपना पूरा, आरके शर्माको अध्यक्षतामा छुट्टै कार्यसमिति चयन
यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) फुटाउने कुल आचार्य लगायतको योजना बल्ल सफल भएको छ । नवौँ महाधिवेशनबाटै संस्था कब्जा गर्न सबैप्रकारका हत्कण्डा प्रयोग गरेका आचार्यले त्यतिखेर कुमार पन्तसँग पराजय भोगेका थिए ।
अहिले ११औं महाधिवेशनमा उनी आफू एनआरएनए राजनीतिबाट बाहिरिए पनि यो संस्था सिध्याउने अठोटबाठ भने बाहिरिएका रहेनछन् भन्ने उनले नै प्रमाणित गरेका छन् । विश्वभरबाट अनलाइन भोटिङ र काठमाडौंबाट प्रत्यक्ष मतदान गरेका प्रतिनिधिको जनादेशलाई लत्याउँदै शनिबार अवैध तरिकाले कुल आचार्यकै संयोजन, सहजीकरण र उक्साहटमा राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गरिएको छ ।
तर शक्ति दम्भ र महत्त्वाकांक्षाले लठ्ठिएकाहरु, संस्थालाई विखण्डन गरी छाड्ने कसम खाएकाहरु, निष्ठा र नैतिकता बाँकी नरहेकाहरू त्यो नतिजा जसरी पनि लत्याउने योजनामा थिए । उनीहरू बहाना मात्र खोजिरहेका थिए, संसारभरिका मतदाताको म्यान्डेटलाई पत्रु सावित गर्न । आफ्नो पार्टीको सरकार भएका बेला आफूहरु हार्न नहुने उनीहरुको एक मात्र तर्क थियो । अन्ततः त्यही गरे ।
नयाँ नेतृत्वका लागि डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, आरके शर्मा र रविना थापा चुनावी प्रतिस्पर्धामा थिए । आरके शर्माको समितिमा उपाध्यक्षमा डा. केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ(रोविन)लाई तोकिएको छ । महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिदलाई राखिएको छ । बुद्धिसागर सुवेदीलाई महासचिव भनिएको छ ।
महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणि सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्ले तोकिएको छ । सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिए ।
इरानले अमेरिकासँगको प्रस्तावित १४ बुँदे सम्झौताको मस्यौदा पत्र सार्वजनिक
नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा
जनभावना समेटिने गरी विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
अमेरिका पुग्यो इरानी फुटबल टिम
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
इजरायली मन्त्री भन्छन्- ट्रम्पको सम्झौता मान्न बाध्य छैनौं
प्रतिक्रिया