एनआरएनएः रामकुमारी झाँक्रीलाई प्रमाणित गर्न एकपछि अर्को रडाको
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशन तथा विश्व सम्मेलन औपचारिकरुपमा समापन नभई बीचैमा तुहिएको छ । काठमाडौँको पाँचतारे होटल सोल्टीमा भव्य उद्घाटन गरिएको कार्यक्रमअन्तर्गत बिहीबार नागरिकता ऐन र मतदानको अधिकारसम्बन्धी छलफलको बेग्लै सत्र थियो।
‘तपाईं आफै सांसद भएको संसदले समस्यापूर्ण कानुन ल्यायो,’ ती प्रतिनिधिले भने,‘एउटा कागज (नागरिकता ऐन) बनाएर प्रशंसा गर्न खोज्दै हुनुहुन्छ।’
त्यसपछि पूर्वसांसद समेत रहेकी रामकुमारी झाँक्रीले झोक्किँदै विदेशको नागरिकता लिन मरिहत्ते गर्नेले नेपालमा आएर ठूला कुरा गरेको नसुहाएको बताइन् । नागरिकता ऐन पास भएपछि स्वागत गर्नुको सट्टा विरोध गरेको भन्दै उनले आपत्ति जनाइन् । हरेक देशको नागरिकतासम्बन्धी कानुन सम्बन्धित देशको विशिष्टतामा आधारित हुने उनको भनाइ थियो । ‘सिटिजनसिप र त्यसका अधिकार ग्लोबल होइनन्,’ उनले भनिन्,‘मानव अधिकार विश्वव्यापी हुन्छ तर सिभिल राइट देशको क्षेत्रभित्र पर्छ।’
‘नेपालको कानुन कस्तो हुने तपाईंको अधिकार होइन, हाम्रो अधिकार हो,’ झाँक्रीले भनिन्,‘नागरिकता त्यागिसकेपछि अधिकारको विषयमा बोल्न पाइँदैन।’ नेपाली नागरिकता भएकालाई सबै अधिकार हुने तर विदेशीलाई मानव अधिकार र आर्थिक अधिकारको मात्रै संरक्षण गर्ने उनले तर्क गरिन्।
झाँक्रीको उक्त प्रस्तुतिलाई लिएर विश्वभर छरिएर रहेको नेपाली जनमत विभाजित नै थियो । झाँक्रीले ठिक भनिन् भनेर एकातिर ताली बजाइँदै छ भने अर्कोतिर उनले विदेशमा श्रम गरेर नेपालमा रेमिट्यान्स पठाउने वर्गलाई अपमान गरेको आरोप पनि खेपिरहेकी छिन् ।
पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गर्न पुगेको छ। महाधिवेशनबाट बहालवाला अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। अधिकांश उम्मेदवार उनकै समूहबाट निर्वाचित भएका छन्। केसी एमालेनिकट मानिन्छन्। तर, उनको समूहमा सबै दलनिकट उम्मेदवार समावेश छन्।
उपाध्यक्षमा डा. हेम राज शर्, रोविन शेरचन, रामशरण सिमखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान, युवा उपाध्यक्षमा रोशन थापा र महासचिवमा गौरीराज जोशीले विजय प्राप्त गरे ।
यस्तै अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले पनि सिस्टम ह्याक गरेर आफूलाई हराइएको दाबी गरे । अध्यक्षमा पराजित भएपछि मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’
यसरी रडाको मच्चिएपछि बाँकी प्रक्रिया स्थगित भएको छ । अब यो प्रक्रिया कहाँ गएर कुन मार्गबाट टुंगिन्छ र यस संस्थाको भविष्य के हुन्छ भन्ने त प्रश्नकै घेरामा छ । एउटा कुरा के प्रमाणित भयो भने यस संस्थामा आबद्ध कथित अभियानकर्मीहरुको शील, स्वभाव, सभ्यता र बौद्धिक स्तर रामकुमारीले झाँक्रीले बताएभन्दा कत्ति पनि भिन्नता देखिएन ।
पूर्वगृहमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता बामदेव गौतमले आफ्नै पुरानो राज…
इरानले अमेरिकासँगको प्रस्तावित १४ बुँदे सम्झौताको मस्यौदा पत्र सार्वजनिक
नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा
जनभावना समेटिने गरी विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
अमेरिका पुग्यो इरानी फुटबल टिम
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
प्रतिक्रिया