ओली र कोइरालाको सहकार्यले दाहाल र देउवाको गठबन्धन भत्किन सक्ला ?
यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।
काठमाडाैँ।कोशी प्रदेशमा नेपाली कांग्रेसका केदार कार्कीले ८ सांसदसहित विद्रोह गरे । मौजुदा सत्ता गठबन्धनलाई लोप्पा खुवाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर सरकार बनाए ।
हुन त कार्की मुख्यमन्त्री नियुक्त भएलगत्तै सत्ता गठबन्धनका केही नेताले बालुवाटारमा भेला भएर मौजुदा सत्ता गठबन्धनलाई यथावत् राख्न दृढ रहेको लिखत पनि नगरेका होइनन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइरालाले एक चिर्कटोमा हस्ताक्षर गरी एक बुँदे सहमति नै भएको सार्वजनिक गरे । तर, त्यस चिर्कटो सहमति २४ घण्टा पनि टिकेन।
शनिबार चिर्कटोमा हस्ताक्षर गरेर ठूलै षड्यन्त्र परास्त गर्न सफल भइयो भन्ने प्रचण्ड आइतबार छोरीको प्रशंसामा रमाए । कोशीका मुख्यमन्त्रीले शपथ लिएपछि कुनै राजनीतिक टिप्पणी गर्ने साहस देखाएका छैनन् ।
तर अनौठो पक्ष के छ भने कोशीको धक्काले प्रचण्डलाई जति तनाव पुगेको छ, त्यसले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि उत्तिकै तनावग्रस्त बनाएको छ । थापाले कांग्रेसको माओवादीकरण वा एमालेकरण दुवै स्वीकार्य नहुने बताएका छन् भने विश्वप्रकाश शर्माले घरमा ठाकठुक हुँदैमा छिमेकीसँग लहसिनुहुँदैन भनेर उपदेश दिएका छन् ।
कोशीमा कांग्रेसकै एक समूहले गरेको विद्रोहलाई सभापति देउवाले सहज रुपमा लिएका छन् तर उपसभापति खड्का र महामन्त्रीद्वयलाई निकै असहज भएको छ । जबकि देउवालाई संसदीय दलमा चुनाव हराउने घोषणा गरेका महामन्त्रीहरु अहिले उनीहरुकै अनुकूल परिस्थिति बन्दा किन खुसी हुन सकेनन् त ?
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका शेखर कोइरालाको रोहबरमा भएको सहमतिमा प्रदेशदेखि राष्ट्रिय सरकार निर्माणमा समेत मिलेर अघि बढ्ने प्रतिबद्धता जनाइएको छ । एमालेलाई बाहिर राखेर देशले स्थिरता पाउँदैन र विकास पनि हुँदैन भन्ने शेखर पक्षको बुझाइ छ । यस खालको रणनीतिक साझेदारीले तत्कालको सत्ता गठबन्धन मात्र खल्बलिएको छैन, कांग्रेसभित्रको समीकरण पनि उल्टिने संकेत गरेको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया