पितृ विसर्जन गरिँदै
असोज कृष्णपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । दसैँ पर्व सुरु हुनअघि पितृहरु (दिवङ्गत आफन्त) लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार महोत्तरीका धार्मिकस्थल र पवित्र जलाशय एकाबिहानै भरिभराउ छन् ।
मैथिल परम्परामा पितृपक्षभरि धार्मिक महत्वका नदी र तलाउमा पवित्र स्नान गरेर पितृतर्पण तथा पिण्ड दिइने परम्परा छ । यसै परम्परालाई थाम्दै आज हिन्दू मैथिल धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन् । यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर (तलाउ) तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिने भरिभराउ छन् । यसबाहेक बलवा नगरपालिकाको ध्रुवकुण्ड, भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थान, बर्दिवास नगरपालिका भित्रका टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल धार्मिक क्षेत्र र रातु, मरहा, जङ्घा एवं बाँके नदी किनारमा पितृपक्ष विसर्जन गर्ने श्रद्धालुहरुको जमघट देखिएको छ ।
पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल हिन्दू जनविश्वास रहेको छ । यजमान (श्राद्ध गर्ने कत्र्ता) को भिड बढेसँगै पुरोहित (कर्मकाण्डि ब्राह्मण) लाई पनि भ्याइनभ्याइ परेको छ । कत्र्तापिच्छे गोत्र, नाउँ र पितृहरुको फरकफरक सङ्कल्प पढ्नु र कर्तालाई अ¥हाइ रहनुपरेको पुरोहित बताउँछन् । मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँशीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँशीका दिन गरिने भएको हुँदा पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका हुने गरेको छ । यसैले यो पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको बर्दिवास–२ का कर्मकाण्डि ब्राह्मण (पुरोहित) महेशकुमार झा बताउनुहुन्छ । दसैैँ, तिहार र छठजस्ता महान् चाडबाड अघि पितृहरुलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन् । वर्षका अन्यबेला गरिने गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्बिघ्न सम्पन्न होस् भन्ने गरिने कामना जस्तै दसैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने अर्का कर्मकाण्डी ब्र्राह्मण बर्दिबास–१ का भागवत काफ्लेको भनाइ छ ।
हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । पितृपक्ष विसर्जनसँगै अब वडादसैँ पर्वको चहलपहल सुरु भएको देखिँदो छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया