जिल्लामै सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध हुनुपर्छ : प्रदेश प्रमुख जोशी
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले जनताको सहज पहुँच पुग्ने गरी स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
आज धनगढीमा सुरु भएको आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको सुदूरपश्चिम प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा प्रदेश प्रमुख जोशीले दूरदराजका जनताले जिल्लामै सर्वसुलभ स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले समग्र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउनुभयो । मुख्यमन्त्रीले भन्नुभयो, “स्वास्थ्य क्षेत्रका लागि सरकारले बजेटको अभाव हुन दिने छैन ।” सामाजिक विकास मन्त्री झपटबहादुर साउदले सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत नीति, योजना अघि बढाउन लागेको जानकारी दिनुभयो ।
गोष्ठीमा गत आवमा भएका कामको समीक्षाका साथै मानसिक स्वास्थ्य प्रवर्द्धन न्यूनीकरण र लागुऔषधको रोकथाम, स्वास्थ्य जनशक्तिको उत्पादन व्यवस्थापन, स्वास्थ्य सेवामा स्थानीय र प्रदेश सरकारको भूमिकालगायतका विषयमा प्रस्तुतीकरण र छलफल हुने भएको छ ।
तीन दिने गोष्ठीमा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र मातहतका कार्यालयका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्य क्षेत्रका विज्ञलगायतको सहभागिता रहेको छ ।
स्वास्थ्य निर्देशनालयका आशुतोष श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९÷८० मा प्रदेशको तराईका कैलाली र कञ्चनपुर जिल्लाका स्वास्थ्य सूचकाङ्क वृद्धि भए पनि पहाडी क्षेत्रका जिल्लामा यो सूचकाङ्क घटेको बताउनुभयो ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया