काठमाडौँ महानगरपालिका र होटल सङ्घले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने
काठमाडौँ।काठमाडौँ महानगरपालिका र होटल सङ्घ नेपाल ९हान०ले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन् ।
होटल सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलले आज काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहबीच पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल भएको हो । छलफलमा सङ्घका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजना प्रस्तुत गर्नुभएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौँ महानगरपालिका र होटल सङ्घ नेपालको पर्यटन प्रवर्द्धनको संयुक्त बैठक बसी आवश्यक कार्ययोजना तय गरिने सम्बन्धमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले महानगरपालिका सकारात्मक रहेको बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनमा महानगरले तयार पारेका विभिन्न कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्ने पनि उल्लेख गर्नुभयो ।
छलफलमा मुलुकलाई पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको अध्यक्ष शाहले बताउनुभयो । अन्तर्राष्ट्रिय अभ्यास र नेपालको पर्यटनको क्षमतालाई ध्यान दिँदै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारमुखी कार्यक्रम तय गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
छलफलका क्रममा पर्यटकीय सम्भावना र क्षमता अभिवृद्धि साथै पर्यटनमार्फत राष्ट्रिय गरिमासमेत अन्तर्राष्ट्रिय जगत्मा पुर्याउने लक्ष्य राखी नेपालमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्ने सम्बन्धमा पनि गहन छलफल भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
इरानले अमेरिकासँगको प्रस्तावित १४ बुँदे सम्झौताको मस्यौदा पत्र सार्वजनिक
नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा
जनभावना समेटिने गरी विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
अमेरिका पुग्यो इरानी फुटबल टिम
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
इजरायली मन्त्री भन्छन्- ट्रम्पको सम्झौता मान्न बाध्य छैनौं
प्रतिक्रिया