मतदानमा तटस्थ बसेका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त
पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् ।पार्टीको हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाले जनाएको छ ।बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत मागेका बेला भएको मतदानमा थापा तटस्थ बसेका थिए ।
सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको प्रदेशसभा बैठकमा राजनीतिक दल सम्बन्धि ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम उनलाई पदमुक्त भएको जानकारी गराएका हुन ।
गत बिहीबार सांसद पदबाट हटाइएका थापालाई गत आइतबार सर्वोच्च अदालतले पुर्नबहाली गरेको थियो ।थापा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ को खबाट निर्वाचित सांसद हुन् ।पुनर्बहाली गर्ने सर्वोच्चको आदेशमाथि जनमोर्चा, प्रदेशसभा, सभामुखले पुनरावलोकनको माग गरेका थिए । यससम्बन्धी आगामी ३१ गते सुनुवाइ हुँदैछ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया