प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २५३ जना सङ्क्रमित निको भएर घर फर्के

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यसरी निको हुनेमा होमआइसोलेसन तथा विभिन्न कोभिड अस्पताल रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २७ हजार ८७० पुगेको छ ।

यसैगरी प्रदेशमा सोही अवधिमा ४२१ जनाको पिसिआर परीक्षण गरिएकामा १२ महिला र १८ पुरुष गरी ३० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुनेमा मोरङमा १५ मध्ये विराटनगरमा पाँच, झापा र सुनसरीमा चार÷चार र प्रदेश बाहिरका सात जना रहेका छन् । यस प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ७२९ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख आठ हजार १५८ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ । रासस