लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिदै

काठमाडाैँ। लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिदैछ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गरिन लागिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिए अनुसार आज राजनीतिक दलहरुले दावी पेश गर्न लागेका हुन ।

मुख्यमन्त्री शेरचनले गत मंगलबार सो सूचना जारी गरेर दावी पेश गर्न भन्नुभएको हो ।नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दावी गरेका छन् ।तर, कस्को नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैनन ।

एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गर्नुभएको थियो ।

यद्दपी दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दावी पेश गर्ने जनाउँदै आएउनुभएको छ ।