सरकारी जग्गा व्यक्तिको नाममा गर्नेको अमिनविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टंकप्रसाद निरौलाले सरकारी जग्गा व्यक्तिको नाममा गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 


अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार अमिन निरौलाले जुभिङ्ग गाविस वडा नम्बर ५ को कित्ता नम्बर ५७९,५८१ र १५२ बाट कित्ताकाट गरी कित्तानम्बर ६२०,६२२ र ६२४ को जग्गा बदनियतपुर्वक बुद्धमाया थापा मगरको नाममा गैरकानुनी रजिस्टार गराएर भ्रष्टाचार गरेका हुन् । निरौलाविरुद्ध अख्तियारले ६ लाख १८ हजार बिगो असुल उपरको माग दाबीसहित सरकारी जग्गा सरकारकै नाममा फिर्ता गर्न भनेको छ ।   

मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।