अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रका लागि सही नीति कायम राखिएमा सत्ता गठबन्धन फेरिए पनि फरक नपर्ने बताउनुभएको छ ।

लोकान्तर डट कमको आठौँँ वार्षिकोत्सवको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई सकारात्मक दिशामा लान खोजेकाले साथ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अब संसद्मा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध नगर्ने अपेक्षा गरेको बताउनुभयो ।

उहाँले प्राकृतिक स्रोत, पुँजी र प्रविधिका आधारमा आत्मनिर्भरता वृद्धि गरी समृद्धि हासिल गर्न आत्मविश्वासका साथ सरकारले काम गर्नुपर्ने बताउनुभयो ।