ट्र्याक्टरले किच्दा एकजनाको मृत्यु

 ट्र्याक्टरले किच्दा बैतडीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–¬१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले राससलाई जानकारी दिनुभयो । 

    डिलासैनी  ¬–१ ब्रमबाट सीमातर्फ गइरहेको  सुपप्र ०१००२ त ४६८६ नं को ट्र्याक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आज दिउँसो २ बजे भट्टलाई ट्र्याक्टरले किचेको हो । 

    ट्र्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्र्याक्टरको पछाडिको टायरले किचेको थियो । टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्युु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । घटनालगत्तै सीमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली  गएको थियो ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।