सुनको मूल्य फेरि नयाँ उचाइमा

सुनको मूल्यले दिनहुँ कीर्तिमान बनाइरहँदा बुधबार फेरि नयाँ उचाइमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाकै १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको हो। 

तोलामा ५ सय रुपैयाँ बढेपछि तेजाबी सुन पनि १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै चाँदी पनि तोलाकै १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेपछि बुधबार चाँदीको मूल्य पनि उच्च भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा समेत सुन प्रतिऔँस २ हजार ३ सय ५७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।