मुक्तिनाथबाट जोमसोम आउँदै  गरेको बस दुर्घटना

काठमाडौँ। मुक्तिनाथबाट जोमसोम आउँदै  गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले प्रदेश ३-०१-००६ ख ६२२ नम्बरको बस मंगलबार बिहान दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जानकारी दिएका छन्।

उनका अनुसार घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। घाइते हुनेमा १४ पुरूष र ७ महिला छन्।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।  बस सडकमै पल्टिएको थियो।  प्रहरी र स्थानीयको सहयोगमा बस हटाएर सडक सुचारु गरिएको हो।