कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ।

बुधबार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।बुधबार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई  प्रदेश प्रमुख परियारद्वारा आह्वान गरिएकाे हाे।

संघमा सत्तासमीकरण फेरिएसँगै काँग्रेसले गत फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सात दिन समय दिएर सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

सत्ता गठबन्धन दलहरूबीच संघमा भएको सहमतिमा कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो।