सर्वसाधारणका लागि माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले  कम्पनीले ५९ हजार ६५६ संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले उक्त शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित कार्यालयमा आवेदन पेस गर्नुपर्ने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ। 

यसअघि गत माघ ७ गते विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी बैंकले यी शेयर विक्री खुला गरेको थियो। सो अवधिमा विक्री हुन नसकेको यी शेयर सर्वसाधारणमा विक्री खुला गरिएको हो।