पाँचथरमा जीप  दुर्घटनामा परि १४ जना घाइते

मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्ड हुँदै झापातर्फ जाँदै गरेको जीप  दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरी मे १ ज १९४७ नम्वरको जीप आइतवार सडकबाट ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, झापा मेचीनगर-६ की वन्धना भण्डारी,प्रसान सुवेदी र छोरी प्रसना सुवेदी,  ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा ,ताप्लेजुङ फुङलिङ-३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ रेफर गरिएको  छ।