बागलुङ बस दुर्घटना अपडेट:मृतकको संख्या ९ पुग्यो, घाइतेको अवस्था गम्भीर

काठमाडाै। बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।

७ जनाको घटनास्थलमा र २ जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा ६ महिला र ३ जना पुरुष छन्। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिकका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ।  अधिकांश घाइतेको अवस्था गम्भीर छ। 

रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो। बस सडकबाट करिब तीन सय मिटर तल खोँचमा खसेको छ।

निसीखोला बस दुर्घटना अपडेट: सातको मृत्यु, २० जना घाइते