आज घट्याे सुनको मूल्य चाँदीको भने बढ्याे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ कायम भएकाे छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले बढेर किनबेच भइरहेको छ । मूल्य बढेसँगै आज चाँदी १ हजार ५३० रुपैयाँमा किनबेच भइरहेको छ ।