शाहरुखलाई लिएर फिल्म बनाउँदै विशाल भारद्वाज!

सन् २०२३ को जनवरीसम्म अभिनेता शाहरुख खानले बलिउडमा राज गरे। उनका फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ले बक्स अफिसमा राम्रो प्रदर्शन गरे। उनको पछिल्लो फिल्म ‘डंकी’ अहिले सिनेमा घरमा चलिरहेको छ।

अब उनले विशाल भारद्वाजको प्रोजेक्टमा काम गर्न लागेको समचार बाहिरएका छन्। भारद्वाज तिनै निर्माता हुन्, जसले ‘ओमकारा’, ‘मकबूल’ र ‘हैदर’ जस्ता फिल्म बनाएका छन्। ‘शाहरुखले विशाल भारद्वाजको फिल्म गर्न लागेका छन्। उनलाई स्क्रिप्ट मन परेको छ। अहिले यी दुवै छलफलमा व्यस्त छन्।’

विशालले यसअघि पनि पटक-पटक शाहरुखसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए। उनले ‘खुफिया’को प्रमोशनको बेला न्यूज १८सँग भनेका थिए, ‘एक समयमा हामी एउटा फिल्म गर्ने तयारीमा थियौं। यसको घोषणा पनि गरिएको थियो। सुटिङ गर्ने बेला प्रोजेक्ट अघि बढ्न सकेन।’