मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा

 मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा भएको छ ।

ज्यान मार्ने उद्योगमा गत १८ भदौमा पक्राउ परेका सिंहलाई पूर्पक्षका लागि थुनामा रहेका बेला प्रदेशसभाले निलम्बन गरेको थियो । तर, थुनामुक्त भएपछि उनको निलम्बन फुकुवा भएको हो ।

कार्तिक २३ मा धरौटीमा छुटेका सिंहले निलम्बन फुकुवाको निवेदन प्रदेशसभामा दर्ता गराएका थिए । सोही निवेदनको आधारमा निलम्बन फुकुवा गरेको आज बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले जानकारी गराए ।