संक्रमित भइसकेकाले खोपको एक डोज लगाए मात्रै पनि सङ्क्रमण दर र रोगको गम्भीरता घटाउने

पश्चिमा देशहरुमा भएको नयाँ अध्ययनले एकपटक कोरोना जितिसकेका मानिसहरूका लागि खोपको एउटै डोज नै पर्याप्त हुने दाबी गरेको छ । अर्थात्, कोरोना संक्रमित भएर त्यसबाट मुक्त भएका मानिसहरुले खोपको एक डोज लगाए पुग्छ ।

धेरै देशहरुले खोप लगाउने रणनीति बदल्न सक्ने भएकाले यो निकै महत्त्वपूर्ण विषय हो । खोपको अभाव सामना गरिरहेको नेपालसँगै विश्वका धेरै देशका लागि यो वरदान हुनसक्छ । छिमेकी भारतले पनि आफ्नो जनसंख्याका लागि आवश्यक खोप उत्पादन गर्न सकिरहेको छैन र त्यहाँ दोस्रो लहरले ठूलै आतंक मच्चाइरहेको छ । त्यसैले यस अध्ययनले भारतका विशेषज्ञहरूमा आशाको सञ्चार गराएको छ ।

पब्लिक हेल्थ इङ्ल्यान्ड ९पिएचई०ले जनाएअनुसार फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो डोज लिएको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम हुन्छ । त्यस्तै, दुईमध्ये कुनै एक खोपको पहिलो डोज खोप लिएको चार हप्तापछि लक्षणसहित सङ्क्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ ।

पिएचईका अनुसार खोप लगाएको लगभग १४ दिनपछि खोपले दिने सुरक्षामाथि गरिएको अध्ययनबाट उक्त निष्कर्ष निस्किएको हो । खोपले रोगको गम्भीर असरलाई मात्र नभई सङ्क्रमणका कारण मृत्यु हुने मानिसको सङ्ख्या पनि घटाउने एचइकी खोप प्रमुख डा। मेरी रामसे बताउँछिन् । जीवनलाई साधारण अवस्थामा फर्काउन मद्दत गर्न खोप महत्त्वपूर्ण हुने उनको भनाइ छ । खोप लगाएर सङ्क्रमणको दर घट्ने भए पनि मानिसहरू आफूसँग भाइरस भएजस्तै गरी व्यवहार गर्नु महत्त्वपूर्ण हुन्छ । त्यसैले, हात धुने, मास्क लगाउने र समाजिक दूरी कायम गर्ने जस्ता मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिएकी छिन् ।

युनिभर्सिटी अफ वारविकका सङ्क्रामक रोग विशेषज्ञ माइक टिल्डिसका अनुसार खोपहरू गम्भीर प्रकारका लक्षण रोक्न वा हुनसक्ने सङ्क्रमण नियन्त्रण गर्न शतप्रतिशत सुरक्षित छैनन् । तर, अध्ययनका प्रमाणका अनुसार सङ्क्रमित भए पनि अरूलाई भाइरस सर्ने तथा गम्भीर लक्षणको जोखिम कम हुने हुँदा खोप लिनु महत्त्वपूर्ण हुन्छ । कोभिड–१९ का कारण गम्भीर रूपमा बिरामी पर्ने र ज्यान गुमाउने मानिसको सङ्ख्या कम हुने हुँदा खोपबाट ठूलो जनसङ्ख्यालाई सुरक्षा दिन सकिने उनको भनाइ छ ।