इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन प्रक्रिया अन्तर्गत अधिकांश पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका छन् । इप्पानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन लामा निर्वाचित भएका छन् । अर्का उम्मेदवार बलराम खतिवडाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि लामा निर्विरोध निर्वाचित भएका हुन् ।
संस्थाको अन्य पदहरूमा पनि सहमतिको आधारमा नेतृत्व चयन गरिएको छ । जसअनुसार महासचिवमा टीएन आचार्य र उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत रूपमा चुनिएका छन् । उपाध्यक्ष पदका लागि उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्तबीच सहमति जुटेको छ, यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी छ । विधान अनुसार हाल पाँच जना उपाध्यक्ष रहने व्यवस्था भए पनि विधान संशोधन मार्फत दुई जना थप गर्ने निर्णय गरिएको छ । उक्त संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।
त्यसैगरी, सचिव पदमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई बिहीबार नै सर्वसम्मतिले निर्वाचित भइसकेका छन् । विधान संशोधनपश्चात् सचिव पदमा पनि दुई जना थप गरिने जानकारी दिइएको छ। कार्यसमितिका अन्य पदमा सहमति जुटे पनि कोषाध्यक्षमा भने निर्वाचन भइरहेको छ । कोषाध्यक्ष पदका लागि शंकर बस्याल र मिथुन पौडेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित
डिजिटल प्रविधिमैत्री बन्दै बैजनाथका किसान
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
इतिहास खोज्दाखोज्दै बन्यो दरबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
गण्डकी प्रदेशसभा बैठक ः प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समि…
प्रतिक्रिया