१५ जिल्लाका सिडिओसहित सहसचिवहरूको सरुवा, त्रिअबि अध्यागमनमा थपलिया
काठमाडौं : गृह मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ। गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूको सरुवा गरेको हो।
सरुवासँगै १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत गरिएको छ।
सूचीअनुसार निराजन घिमिरेलाई स्याङ्जा, कुलमान सिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।
त्यस्तै बलराम निरौलालाई अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ। त्यस्तै ईश्वरी प्रसाद अर्याललाई संखुवासभा, भविश्वर पाण्डेलाई पाल्पा, जगदिश्वर उपाध्यायलाई नवलपसारी पूर्व, श्यामकृष्ण थापालाई सप्तरी, रुद्रादेवी शर्मालाई धनकुटा, मेखबहादुर मंग्रातीलाई उदयपुर, टुवाराज पोखरेललाई ओखलढुंगा, विजयराज सुवेदीलाई सर्लाही, विनु बज्राचार्यलाई रामेछाप, धर्मराज जोशीलाई सुर्खेत सरुवा गरिएको छ।
त्यस्तै सिर्जना थपलियालाई त्रिअबि अध्यागमनमा सरुवा गरिएको छ भने रामुराज कडरियालाई गृह मन्त्रालयमा तानिएको छ। त्यस्तै प्रदीपकुमार कोइरालालाई विपद् व्यवस्थापन र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्रमा पठाइएको छ।
रास्वपा धनुषा चारनाथ नगरपालिकाको अधिवेशनमा विवाद
भारतको टाटाले चेरीको प्रिमियम ईभी प्लेटफर्मको लाइसेन्स लिन खोज्दै
‘आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायीलाई मर्यादित बनाउनुपर्छ’
रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला
दुई पक्षबीच छुट्टाछुट्टै अधिवेशन भएपछि विवाद उग्र, रास्वपा जिल्ला कार्यालयमा ता…
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
सभामुख अर्याल र अध्यक्ष दाहाल कञ्चनपुरमा
प्रतिक्रिया