मोदीलाई पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई श्री पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिएका छन्।
लामिछानेले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धको प्रतीकस्वरूप पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार प्रदान गरेको जनाइएको छ।
श्री पशुपतिनाथ मन्दिर नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको यस मन्दिरको प्रतिकृति उपहारले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।
उपहार हस्तान्तरणको अवसरमा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा समेत चर्चा भएको बताइएको छ।
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन
रमा तिवारी हत्या प्रकरण : १० दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लिय…
हल्ला गरेर र ढोल बजाएर सीमा विवादको विषय , समाधान धन हँदैन' राष्ट्रिय स्वतन्त्…
६ दिनदेखि बेपत्ता दावा हिउँमा घिसिंदै थिए, हृयाम्स अस्पतालमा उपचार हुँदै
सशस्त्र प्रहरीद्वारा विपद् उद्धारसम्बन्धी कृत्रिम अभ्यास
प्रतिक्रिया