गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् । पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले बिहीबारदेखि नै विद्यालय पूर्ण रूपमा बन्द गरिसकेको छ ।
घामको प्रचण्ड रापसँगै बहने तातो हावाले बालबालिकाको स्वास्थ्य चासोलाई ख्याल गरिएर नगर क्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय बन्द गर्ने निर्णय भएको गौशाला नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले सूचना जारी गर्दै जनाउनुभएको हो । विद्यालय बन्दको निर्णय गर्ने गौशाला र बर्दिबास दुवै जिल्लाका सुदूर उत्तरवर्ती स्थानीय तह हुन् ।
जिल्लामा मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमा घामको राप र गर्मीको असर बढी छ । मध्य र दक्षिणी क्षेत्रको चिम्टयाइलो र लिसाइलो माटो हुँदा कम तात्ने हुन्छ । तर उत्तरी क्षेत्रको धेरैजसो भेगमा बलौटे माटो भएको हुँदा चाँडै तात्ने र तातो वाफ फैलँदा यता राप र गर्मीको असर बढेको जलवायु र मौसमविज्ञ बर्दिबास–१ का बासिन्दा नागदेव यादव बताउनुहुन्छ ।
जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा पनि अब शनिबार र पर्सि आइतबारको मौसम अवस्था हेरेर यसबारे निर्णय लिने तयारीमा स्थानीय तह छन् । “शनिबार र आइतबार त नियमित साप्ताहिक बिदा नै छ, यसपछि सोमबारसम्म मौसममा सुधार नआए के गर्ने भन्ने सोचिन्छ”, एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले भन्नुभयो । जिल्लामा १० नगरपालिका, पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् ।
यसपटक गत शनिबारयता तापक्रम निकै बढेको छ । त्यसयता दिनहुँजसो एकटङ्कारको घामको राप बढ्दो छ । मध्याह्नदेखि अपराह्न ४ः०० बजेसम्म ३८/३९ डिग्री सेल्सियस तापमान रहने गरेको छ ।
यो पछिल्लो साताको उखरमाउलो गर्मीले हाटबजार र कार्यालयहरूमा पनि चहलपहल निकै घटेको छ । सामान्य हिँडडुल पनि सकस बनेको छ । यसले विद्यालय पढ्न जाने स–साना नानी, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र कडा शारीरिक श्रम गर्ने मजदुर बढी समस्यामा परेका छन् ।
रास्वपा धनुषा चारनाथ नगरपालिकाको अधिवेशनमा विवाद
भारतको टाटाले चेरीको प्रिमियम ईभी प्लेटफर्मको लाइसेन्स लिन खोज्दै
‘आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायीलाई मर्यादित बनाउनुपर्छ’
रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला
१५ जिल्लाका सिडिओसहित सहसचिवहरूको सरुवा, त्रिअबि अध्यागमनमा थपलिया
दुई पक्षबीच छुट्टाछुट्टै अधिवेशन भएपछि विवाद उग्र, रास्वपा जिल्ला कार्यालयमा ता…
सभामुख अर्याल र अध्यक्ष दाहाल कञ्चनपुरमा
प्रतिक्रिया