सिंहदरबार प्रवेश गरेर होहल्ला गरेको आरोपमा एक जना पक्राउ
पूर्वाधार विकास मन्त्रालयमा प्रवेश गरेर होहल्लासहित अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोटको साविक मान्म गाविस–५ घर भई हाल भक्तपुर बस्ने ३५ वर्षीय उपेन्द्रकुमार शाही रहेको प्रहरीले जनाएको छ ।
उनी सोमबार साढे ११ बजे पूर्वसूचना बिनै पूर्वाधार विकास मन्त्रालय सिंहदरबार पसेको र मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर अभद्र व्यवहार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
सचिवको कार्यकक्ष पसेर हुलहुज्जत गर्ने, बाहिर जान सम्झाइबुझाइ गर्दा अश्लील शब्द प्रयोग गर्ने, धाकधम्की समेत दिएको काठमाडौं प्रहरीले जनाएको छ ।
त्यसपछि उनलाई पक्राउ गरेर आपराधिक लाभ लिन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुरमा भट्टराईले जानकारी दिए ।
लागुऔषधसहित ३२ जना पक्राउ
राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने पाँच व्यक्ति लागुऔषधसहित पक्राउ
काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ
३६ वर्ष जेठा श्रीमान्को ढुङ्गा प्रहार गरी हत्या, श्रीमतीसहित तीन पक्राउ
भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाईन्स कर्मचारी त्रिभुवन अन्तर्राष्ट्र…
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
सुर्खेतको बालाजी वस्त्रालयमा प्रहरीको छापा, नगद र सुनसहित एक जना पक्राउ
प्रतिक्रिया