युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ
युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार स्थायी ठेगाना मकवानपुरको कैलाश गाउँपालिका वडा नंं १० का लामा हाल काठमाडौँ टोखा नगरपालिका वडा नं ११ बस्दै आएका छन् ।
यसैगरी, क्यानडा पठाउने भनी पाँच लाख ३२ हजार रुपियाँ ठगी गर्ने ३९ वर्षीय खड्कध्वज शाही पक्राउ परेका छन् ।
स्थायी ठेगाना दैलेखको गुरास गाउँपालिका वडा नंं ३ का शाही हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा नंं ३ बस्दै आएका छन् ।
उनीहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी सम्पर्कविहिन भएका थिए ।
उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित ३२ जना पक्राउ
राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने पाँच व्यक्ति लागुऔषधसहित पक्राउ
काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ
३६ वर्ष जेठा श्रीमान्को ढुङ्गा प्रहार गरी हत्या, श्रीमतीसहित तीन पक्राउ
भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाईन्स कर्मचारी त्रिभुवन अन्तर्राष्ट्र…
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
सुर्खेतको बालाजी वस्त्रालयमा प्रहरीको छापा, नगद र सुनसहित एक जना पक्राउ
प्रतिक्रिया