जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ
काठमाडौँ, ९ पुसः जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन कैदी पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दामा सो कारागारमा कैद भुक्तानी गरिरहेका धादिङको धुनिवेँशी नगरपालिका–१ का ३४ वर्षीय सञ्जीव परियार र थाक्रे गाउँपालिका–१० का ३५ वर्षीय विवेक परियार तथा मकवानपुरको चुरियामाई गाउँपालिका–३ का ३७ वर्षीय राजेन्द्र परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले आज काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
सो मुद्दामा उनीहरुलाई जनही १३ वर्ष कैद सजाय कायम भएको थियो । उनीहरु २०७४ असोज १ गतेदेखि कैद सजाय भुक्तान गरिरहेको व्यूरोले जनाएको छ । पक्राउ परेका फरार कैदीलाई आजै कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।
ज्यान मुद्दाका दोषी २६ वर्षपछि पक्राउ
भक्तपुरमा नमूना मतदान सम्पन्न
मानव सभ्यताको आधार नै नैतिकता, सत्य र आपसी सम्मानमा
जेनजी आन्दोलनका शहीद परिवार भेट्न पुगे रवि लामिछाने
विचार : देशको राजनीतिक निकास,नयाँ पुस्ताको आवाज र पुरानो नेतृत्वको आत्मबोध
आलेख : बिरानो बन्यो मेची पारिको नेपाल
विचारः अनलाइन सञ्चार माध्यम व्यवस्थापनका वैकल्पिक मार्ग
प्रतिक्रिया