गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको आज निरीक्षण गर्दै उहाँले हरेक नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने राज्यका प्रयासमा चिकित्सकलगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो । अवस्था सिर्जना गरिने बताउनुभयो ।
स्थानीय तहसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको तथा भविष्यमा पनि स्रोत र साधनले भ्याएसम्म प्रदेशका स्वास्थ्य संस्थालाई उपकरण प्रदान गर्ने मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । उक्त अस्पताललाई प्रदेश सरकारले एक थान शल्यक्रिया मेसिन प्रदान गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी गराउनुभएको थियो । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी १५ शय्याको अस्पतालमा रुपान्तरण भएको हो ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया