संसदीय पत्रकार मञ्चको ध्यानाकर्षण
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिएको भन्दै संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले सरकारको ध्यानाकर्षण गराएको छ ।
मञ्चले आज प्रदेशका कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो । संस्थाका अध्यक्ष भरत कोइरालाद्वारा जारी विज्ञप्तिमा पत्रकारविरुद्ध दिएको अभिव्यक्ति लोकतन्त्र विरोधी भएको बताइएको छ ।
“मन्त्रालयमा अभद्र शैलीमा उपस्थित भएको तस्बिरसहितको समाचार लेख्ने पत्रकारको नाम नै किटेर मन्त्रीले दिएको अभिव्यक्तिले हामी पत्रकारलाई त्रसित बनाएको छ”, विज्ञप्तिमा भनिएको छ, “उहाँले दिनुभएको अभिव्यक्ति स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ ।”
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’
प्रतिक्रिया