उत्तराखण्ड : जंगलमा आगो लगाउने पाँच जना पक्राउ

उत्तराखण्डको जंगलमा आगजनी गरेको आरोपमा गढवाल वन डिभिजनले पाँच जनालाई पक्राउ गरेको छ ।

अप्रिलको सुरुदेखि नै उत्तराखण्डको जंगलमा आगलागीका घटनाहरू लगातार भइरहेका छन्। जंगलमा लागेको आगो निभाउन वायुसेना र एनडीआरएफको पनि सहयोग लिइएको छ ।

उत्तराखण्ड वन विभागका अनुसार, नोभेम्बर १, २०२३ देखि अप्रिल २८, २०२४ सम्म ७३५.८१ हेक्टेयर क्षेत्रलाई असर गर्ने गरी जम्मा ६०६ वटा जंगलमा आगलागीका घटनाहरू रिपोर्ट गरिएको छ।

विशेष कुरा के छ भने गत चैत ३१ गतेसम्म मात्र ३४ वटा वनमा आगलागीका घटना भएका थिए भने ३५ दशमलव २५ हेक्टर वन क्षेत्र प्रभावित भएको थियो । यसपटक हिउँदमा वर्षा नहुँदा जंगल सुक्खा भएकाले आगलागी हुनुको प्रमुख कारण मानिएको छ ।

उत्तराखण्डको वन विभागका अनुसार ९५ प्रतिशत जंगलमा लागेको आगोमा मानवीय हस्तक्षेप जिम्मेवार छ । त्यसैले यसपटक पनि ठूलो मात्रामा जंगलमा आगलागीका लागि जिम्मेवार व्यक्तिमाथि मुद्दा दर्ता भइरहेको छ ।

उत्तराखण्ड वन विभागको वन आगो र प्रकोप व्यवस्थापन प्रमुख वनका मुख्य संरक्षक निशान्त वर्माले बीबीसी हिन्दीलाई भने कि अहिलेसम्म जम्मा १९७ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये २४ जनाको नाममा उजुरी परेको छ। उनीहरु विरुद्ध सम्बन्धित धारा अन्तर्गत मुद्दा चलिरहेको छ ।

तर, यो समाचार लेख्दासम्म कति पक्राउ परेका छन् भन्ने यकिन जानकारी आएको छैन । वनमा लागेको आगोमा दोषी पाइएमा एक वर्षसम्मको सजायको व्यवस्था रहेको पनि वर्माले बताए । निशान्त वर्माले यसपटक पनि आगो निभाउन वायुसेना र एनडीआरएफको सहयोग लिइएको बताए । तर, यसअघि पनि जंगलमा आगलागी धेरै भइसकेपछि यस्तो गरिएको थियो ।