‘कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक’

काठमाडाँै, १४ वैशाख ः  कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि हाँसिल कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद्, काठमाडौँद्वारा आज यहाँ आयाजित दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई आयोजित अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रमा प्रविधि र व्यावसायिकीकरण गर्न आवश्यक छ भन्नुभयो । 

उहाँले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ व्यावसायिक र कर्मचारीहरुको हितमा रहेको जनाउँदै कर्मचारी र व्यवसायीकको माग आगामी दिनमा सम्बोधन हुँदै जाने छ भन्नुभयोे ।
    
परिषद्का उपाध्यक्ष जनकबहादुर रावलले किसानलाई गुणस्तरजन्य पशुजन्य उत्पादनमा ऐन सहयोगी भएको बताउनुभयो ।

परिषद्का अध्यक्ष देवेन्द्र यादव, मन्त्रालयका सचिव लेखराज डा लेखराज दाहाल ऐनले पाठ्यक्रम परिमार्जन, परीक्षा सञ्चालन, अनुगमन, आचारसंहिता पालन तथा अध्ययन अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

परिषद्का रजिष्ट्रार  पूर्णबहादुर वुढाले ऐनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठी प्रदेशका १४ जिल्ला पशु स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारी एवं व्यवसायीहरुको सहभागिता थियो ।