कान्तिपुरका अध्यक्ष सिरोहियाले गृह र जिल्ला प्रहरी कार्यालय धनुषा विरुद्ध रिट दर्ता

काठमाडौँ, २४ वैशाख ।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध प्रतिषेधको रिट दायर गरेका छन्। उनले आइतबार रिट दायर गरेकोमा सर्वोच्चले सोमबार रिट दर्ता गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाको नागरिकताको सम्बन्धमा परेको जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ। रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै सो रोक्न माग गरिएको छ।

सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले रिट दर्ता गरेर मङ्गलवारका लागि पेशी तोकिएको जानकारी दिए। सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै धनुषामा दर्ता भएको जाहेरीका आधारमा अगाडि बढेको अनुसन्धानमा एकै नम्बरका दुई व्यक्तिको नाममा नागरिकता जारी भएको, नागरिकता लिन आवश्यक उमेरै नपुगी नागरिकता लिएको लगायतका कैफियतहरू फेला परेका थिए।