प्रधानमन्त्री प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका राजा थानीबीच अहिले भेटवार्ता

काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच अहिले भेटवार्ता भइरहेको छ। 

उनीहरूबीच काठमाडौँको सोल्टीमोडस्थित सोल्टी होटलमा केही बेरअघि भेटवार्ता सुरु भएको हो। 

नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित मंगलबार काठमाडौँ आइपुगेका कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग  शीतल निवासमा भेटवार्ता गरेका थिए।

आज दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरिरहेका हुन्। यसपछि उनको सम्मानमा प्रधानमन्त्री प्रचण्डले द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ। कतारी राजा शेख आजै स्वदेश प्रस्थान गर्ने तालिका छ।