दुई वर्षमै दुई पटक फुट्याे जसपा, सत्तामै रहेका बेला उपेन्द्रसँग किन बिच्किए अशाेक राई?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) तीन वर्ष अघि नै फुट्दाफुट्दै  जोगिएको थियो।  त्यतिखेर केन्द्रमा १७ सांसद रहेको जसपाका नेताहरु रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेका थिए। सोही अनुसार तत्कालीन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए पुग्नेगरी अध्यादेश ल्याएका थिए।

पूर्वआईजीपी सर्वेन्द्र खनाल र एमाले नेता महेश बस्नेतहरू कोरोना महामारीमा मधेस पुगेर डा सुरेन्द्र यादवलाई मेरियट होटल ल्याएका थिए। तर,  काठमाडौं आएपछि यादवले आफूलाई अपहरण गरेको बताएछि विषयान्तर भयो। पछि अध्यादेश नै निस्क्रिए बनेपनि पार्टी फुट्न सकेन।  सर्वाेच्च अदालतले संसद विघटन अवैध ठहर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेपछि ओली शक्तिविहीन भए। जसपा फुटनबाट जोगियो। त्यसकाे केही समयपछि बाबुराम भट्टराई सहितका नेताहरू जसपाबाट अलग भएका थिए। 

अहिले जसपा सत्तामा छ। केन्द्रमा दुईमन्त्री छन्। मधेशमा मुख्यमन्त्री पाएको छ। तर, सत्तासिन रहेकै बेला जसपा फुटेको छ। यसअघि शिक्षामन्त्री रहेका अशोक राईले पार्टी विभाजन गरेका हुन्।  

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमण सकेर कतार पुगेका बेला काठमाडौंमा पार्टी फुटेको हो।  नयाँ दल दर्ताका लागि आइतबार नै निर्वाचन आयोगमा निवेदन दिइएको छ। जसपाबाट निर्वाचित प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद नयाँ दलतिर खुलेका छन् । कार्यकारणी समितिका ९ र केन्द्रीय समितिका २७ जना पनि नयाँ दलको पक्षमा खुलेको दाबी छ।  तर, र्विाचन आयोग भने अहिले दल विभाजन सम्बन्धी कानुन नै नभएकाले के गर्ने भन्ने अन्यौलमा छ ।

‘राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनसम्बन्धी प्रावधान निस्तेज पारेर तीन वर्षअघि अध्यादेश जारी गरिएको थियो । अहिले न त्यो कानुनी प्रावधान छ, न अध्यादेशको अस्तित्व नै छ।  अहिले दल विभाजनसम्बन्धी कानुनी व्यवस्था रिक्त भएकाले त्यो निवेदन के गर्ने भन्नेबारे  अन्यौल छ ।

राईले आफ्नो पदाधिकारी पनि तोकेका छन् । प्रस्ताविज जनता समाजवादी पार्टीमा अध्यक्ष अशोक राई छन् । संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्ष तोकिएको छ। नयाँ दलमा नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना उपाध्यक्ष छन् । सुशीला श्रेष्ठ अध्यक्ष अशोक राईकी श्रीमती समेत हुन् ।

महासचिवमा ईस्तियाक राई, उपहासचिवमा प्रदीप यादव छन् भने सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो छन् ।वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह समेत नयाँ दलतिर छन्।