त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ

भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले  बताए ।

अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुन सहित पक्राउ परेकी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि बुधवार पनि विमानस्थलबाट बेवारिसे अवस्थामा सुन बरामद भएको थियो । विमानस्थल भएर पटक पटक सुन तस्करीका हुने गरेका छन् ।