सुनको भाउले आज फेरि राख्यो नयाँ रेकर्ड

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।