दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना, ३ जनाको मृत्यु
दोलखा — दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।
बा ४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको तौथली नजिकै दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ ।घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी छ ।
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया