भारी वर्षाका कारण बन्द दुबई अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रूपमा खुल्ला

मंगलबार आँधीसँगै भएको भारी वर्षाका कारण यूएईका सडक र विमानस्थल जलमग्न भएका छन्। उक्त आँधीका कारण यूएईमा एक जना नेपाली नागरिक  मोहन पुनको मृत्यु भएको छ भने ओमानमा बाढीका कारण २० जनाको मृत्यु भएको छ ।जसकारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण रुपमा बन्द गरिएकाे थियाे।

अहिले भने दुबई अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रूपमा खुलाइएको छ। बिहीबार दुबई विमानस्थलमा आउने केही उडानका लागि विमानस्थल खुलाइएको हो। तर प्रायः धेरै व्यस्त हुने दुबई विमानस्थल पूर्ण रूपमा खुलाइएको छैन।

विश्वको दोस्रो व्यस्त विमानस्थल दुबई विमानस्थलका अधिकारीले बिहीबार टर्मिनल १ मा विदेशबाट आउने उडान अवतरण भइरहेका छन्। तर दुबई बाहिर जाने उडानमा ढिलाइ भइरहेको छ।

यसपछि विमानस्थल प्रशासनले विमानस्थलमा सबैभन्दा ठूलो एयरलाइन्स इमिरेट्स र फ्लाईदुबईका उडानका लागि टर्मिनल ३ मा चेक इन खुला भएको घोषणा गरेको थियो।तर ठूलो संख्यामा यात्रु उडानको प्रतीक्षामा रहेकाले उडान ढिला हुने चेतावनी दिइएको छ।