नेकपा एकीकृत समाजवादीकाे महाधिवेशन असारमा हुने

नेकपा एकीकृत समाजवादीले महाधिवेशन सार्ने निर्णय गरेको छ।

एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असारमा गर्ने निर्णय गरेको हाे । 

पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सार्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।