मुख्यमन्त्री शालिकराम जम्कट्टेल आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज(सोमबार)विश्वासको मत लिँदै छन् ।आइतबार बसेको प्रदेशसभाको समितिबैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावमा सोमबार संसदमा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको हो ।

बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गर्ने छ। प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राख्नेप्रदेशसभाका सचिव कृष्णहरी खड्काले बताएका छन्।

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ । कांग्रेसले सरकारको समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका हुन् ।